चितवन । चितवनको भरतपुर महानगरपालिकास्थित हाकिमचोक नजिक रहेको सम्झना कोइरालाको कपास उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान ९ बजेदेखि शुरु भएको आगलागी अहिले नियन्त्रणमा आएको छ ।
दमकल, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँगै स्थानीयहरुको प्रयास पछि आगो नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया




