सनराइज बैंकको मुद्दती निक्षेप खाता घरबाटै खोल्न सकिने

काठमाडौं । सनराइज बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता ग्राहकहरुले आफ्ना बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्न सक्नेछन् ।

बैंकको सनराइज स्मार्टबाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको जनाइएको छ ।

अनलाइन मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याजमा ०.५० प्रतिशत प्रिमियम ब्याज थप गरिने, मुद्दतीको न्यूनतम अवधि ३ महिना, कुनै पनि अतिरिक्त शुल्क नलाग्नेलगायत विशेषता रहेको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य