प्रभु पेले ल्यायो घरबाटै कोरोना बीमा गर्न सकिने सुविधा

काठमाडौं । डिजिटल प्रविधि प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्येनजर गरी घरबाटै कोराना भाइरस(कोभिड १९) बीमा गर्न सकिने सुविधा ल्याएको छ ।

ग्राहकलाई बीमा शुल्क भुक्तानीमा थप सहज हुने गरि प्रभु पे  मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेकाे हाे ।

यससँगै, बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु पेको वालेट मोबाईलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् ।

उनीहरुले तीन सय रुपैयाँबाट शुरु हुने कोरोना भाइरस बीमालेख खरिद गर्न सक्नेछन् ।

साथै, सम्भावित संक्रमणबाट ५० हजार वा एक लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा पाउने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफले गर्‍यो बागमतीका सिईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान गरेको छ …

प्रतिकृया दिनुहॊस