कोरोना भाइरस अपडेट :मृत्यु हुनेको संख्या २ लाख ३ हजार ६ सय ८४ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ३ हजार ६ सय ८४ जना पुगेको छ भने २९ लाख ३४ हजार ६ सय ५१ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, ८ लाख ४० हजार ७ सय ६५ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।

अमेरिकामा हालसम्म ५४ हजार २ सय ६५ जनाको, इटालीमा २६ हजार ३ सय ८४  जनाको, स्पेनमा २२ हजार  ९ सय २   जनाको र फ्रान्समा २२ हजार ६ सय १४  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २६ हजार ४  सय ९६ जना कोरोना सङ्क्रमित छन् भने  ८ सय २५ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३५ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस