कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३ सय ७९  पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३ सय ७९ पुगेको छ  भने २१ लाख ९३ हजार ५ सय ७० जना हाल सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, ५ लाख ५५ हजार ५  सय ८१ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  अमेरिका , इटली, स्पेन  र फ्रान्स छ ।

अमेरिकामा हालसम्म ३४ हजार ६ सय ४१ जनाको, इटालीमा २२ हजार १ सय ७० जनाको,  स्पेनमा १९ हजार ३ सय १५ जनाको र फ्रान्समा १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

त्यसैगरि,  छिमिकी मुलुक भारतमा  हालसम्म १३ हजार ४ सय ९५ कोरोना सङ्क्रमित  छन् भने ४ सय ४८ जनाको मृत्यु भएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महानगरले फुटपाथ बनाउन खनेको ठाउँमा डिभिजनले सडक बनायो (तस्बिरहरु)

काठमाडौं । फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न …

प्रतिकृया दिनुहॊस