कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या १ लाख ९ हजार ६ सय ६४ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको  संख्या १ लाख ९ हजार ६ सय ६४  पुगेको छ भने  १७ लाख ९० हजार  ९ सय ५६ जना हाल सङ्क्रमित रहेका छन् ।

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  अमेरिका , इटली, स्पेन  र फ्रान्स छ । अमेरिकामा २० हजार ५ सय ८०   जनाको, इटालीमा हालसम्म १९ हजार ४ सय  ६८ जनाको,  स्पेनमा १६ हजार ९ सय ७२  जनाको र फ्रान्समा १३ हजार ८ सय ३२  जनाको मृत्यु भएको छ।

त्यसैगरि,  छिमिकी मुलुक भारतमा  हालसम्म ८ हजार ५ सय ४  कोरोना सङ्क्रमित  छन् भने २८९ जनाको मृत्यु भएको छ।

नेपाल हालसम्म १२ जना   कोरोना  सङ्क्रमित फेला परेकोमा १ जना  उपचारपछि घर  फर्किएका छन् भने  १ १ उपचारत  छन् ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री