भारतमा कोरोना भाइरसको संक्रमणबाट १४ महिनाको शिशुको मृत्यु

काठमाडौं ।  भारतमा कोरोना भाइरसको संक्रमणबाट  मंगलबार १४ महिनाको शिशुको   मृत्यु भएको छ ।

गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा  उपचाररत बालकको   मृत्यु भएको  हो ।

विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

छिमेकी मुलुक  भारतमा  कोरोना भाइरसको संक्रमणबाट हालसम्म १६४ जनाको मृत्यु भएको  छ भने  ५ हजार ३ सय ६० जना सङ्क्रमित रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री