डम्मर बम ।
हालसम्म नेपालमा नौ जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको हो ।
एक जना स्थानीयमा कोरोना भाइसरको पुष्टि भई समेत कैलालीको लम्कीचुहा नगरपालिकाले भने स्थानीयलाई भेला नै गरी राहत वितरण गरिएकोे छ । लम्कीचुहा नगरपालिका र अन्य सामाजिक संघ संस्थाहरु राहतका नाममा मानव स्वास्थ्य माथिनै खेलवाड गरि रहेको अवस्था छ ।
सरकारले लकडाउन गरी अत्यावश्यक काम वाहेक कसैलाई वाहिर ननिस्किन निर्देशन जारी भइ सक्दा समेत नगरपालिकामा स्थानीयलाई भेला गरी राहत वितरण गर्नेमा होडवाजी नै चलेको छ । नगरपालिका आफैमा एउटा स्थानीय सरकार हो । र उसले केन्द्र सरकारद्धारा गरीका निर्णयलाई पालना गरी व्यवस्थित तवरले राहत वितरण गर्नुपर्ने हुन्छ ।
तर नगरपालिका भने त्यस्तो गरेको पाइएन । खाद्यान्न सामाग्री खरिद लगायत अन्य अत्यावश्यक कामका लागि वाहिर निस्किदा एक मिटरको दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनले बताए पनि न्यूनतम रुपमा त्यसलाई पालना नगर्नु आफैमा कमजोरी हो । नेपाल मात्र नभएर विश्व नै कोरोनाको महामारीमा आक्रांन्त बनेका बेला त्यो महामारीसँग लड्न सबैले सावधानी अपनाउनु पर्ने हुन्छ ।
हालसम्म नेपालले कुनै मानविय क्षति व्यहोर्नु परेको अवस्था छैन, यस्तो अप्रिय घटना पनि नहोस । त्यसका लागि हामी आफैले सजगता अपनाउन सक्दछौ । यस्तो विषम परिस्थितीमा मानविय सेवा गर्नु आफै पुण्यको काम तर त्यसलाई व्यवस्थिती गर्न नसक्दा कतै राहत होइन कोरोनालाई लिन हामी जम्मा भए जस्तो हुनेछ । यस तर्फ लम्कीचुहानगरपालिकाले समयमै सजग हुनु जरुरी छ ।
यति वेला ज्यालादारी गरि परिवारको विहान बेलुका छाक टार्न वर्गलाई समस्या भएको उनिहरुलाई स्थानीय सरकारको हैसियतले सहयोग गर्नु पर्दछ । त्यो स्थानीय निकायको दायित्व पनि हो । नगरपालिकाले विश्व महामारीको रुपमा फैलिएको नोवल (कोभिड–१९) कोरोना भाइरसका कारण उत्पन्न समस्या निराकरणको लागि दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुका लागि राहत स्वरुप ३० केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २ प्याकेट नुन र चार चक्की साबुन दिने गरेको छ ।
हाल सम्म नगरपालिकाले ८ सय माथि घर परिवारलाई राहत सामाग्री वितरण गरे पछि सामाजिक संज्यालमा चर्को विरोध समेत सामान गर्नु परेको छ । विभिन्न व्यक्तिहरुले यसलाई व्यवस्थित नभएको बताएका छन । मानव स्वास्थ्यको सामान्य ख्याल समेत नगरि नगरपालिकाले गरेको काम भने प्रभावकारी भएको मान्न सकिदैन ।
व्यवस्थित र सुरक्षित तरिकाले गरिएको कामले नै स्थानीयको मन जित्न सक्दछ । यस्तो कठिनघडी राहत अव्यवस्थित तवरले राहत विवतरण गर्नु मानव स्वस्थ्य माथिकै प्रहार हुन । सक्दछ, आज सामान्य राहतको नाममा कोही घर परिवार कोरोना संक्रमण भएमा त्यस पछि उत्पन्न जाने परिस्थितीको जिम्मेवारी को ? आजलाइ मात्र होइन भोलीको समयलाई मध्ये नजर गरी मानव शु स्वास्थ्यको ख्याल गर्दा राम्रो होला की ?




