कांग्रेस नेता शाहीद्धारा राहत वितरण

काठमाडौं । नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले लकडाउनबाट पीडित भएकालाई राहत तथा खाद्य सामग्री वितरण गरेका छन् ।

पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका शाहीले हिमा गाउँपालिकाका ४ वटा विद्यालयमा क्वारेन्टाइनमा बसेकालाई  दाल, चामल , चिनी, नुन, चियापत्ति,मास्क, सेनिटाइजरकालगायतका सामग्री वितरण गरेका हुन् ।

शाहीले  स्थानीयलाई लकडाउनभरि घरै बसेर सुरक्षित रहन र केही समस्या देखिए तत्काल परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।

उनले यसअघि पनि स्थानीयलाई संकट पर्दा आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार भएका उनी कोरोना नियन्त्रणमा सरकारको तयारी नपुगेको बताउँछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप