गन्ध वा स्वाद थाहा नपाउने सङ्केत पनि कोरोना भाइरसको लक्षण हुन सक्छ

काठमाडौं । गन्ध वा स्वाद थाहा नपाउने सङ्केत पनि कोरोना भाइरसको लक्षण हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

बेलायतको लण्डनमा रहेको द किङ्स कलेजको एउटा समूहले ४ लाखभन्दा धेरै मानिसमा गरेको अध्ययनले यस्तो देखाएको बीबीसीले जनाएको छ ।

अध्ययनले गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकी जस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमण पनि कोरोनाको लक्षण भएको देखाएको छ ।

विज्ञहरूले सबैभन्दा धेरै ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री