गोर्खाज फाइनान्सको यी ८ शाखा आज खुल्ने

काठमाडौं । गोर्खाज फाइनान्सले आज ८ वटा शाखा खोलेर ग्राहकलाई बैंकिंग सेवा उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को बढदो जोखिमसँगै सरकारले लकडाउन गरे पनि आज(बिहिबार) आठ वटा शाखाहरु खुल्ला रहने सूचना अधिकृत शम्भु राइले जानकारी दिए ।

फाइनान्सले खुल्ने शाखा र ती शाखाका सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर समेत उपलब्ध गराएको छ । फाइनान्सले एक सूचना जारी गर्दै सम्पर्क व्यक्तिको मोवाइल नम्बरमा फोन गरेर पनि आवश्यक जानकारी लिन सकिनेछ ।

सरकारले चैत ११ गतेदेखि २५ गतेसम्मका लागि लक डाउन गरेको छ । लक डाउनमा पनि बैंक तथा फाइनान्सहरुले निश्चित शाखा खोलेर सेवा प्रदान गर्दै आएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री