सिटिजन्स बैंकको बिहीवार (भाेली) उपत्यकामा ५ शाखा खुल्ला

काठमाडौं । सरकारले लगाएको लकडाउनको समयमा पनि सिटिजन्स बैंकले भाेली उपत्यकामा ५ शाखा  खुल्ला राखेर ग्राहकहरुलाइ सेवा दिने जानकारी दिएकाे छ। बैंकका प्रवक्ता उमंग शर्माका अनुसार  भाेली खुल्ला रहने शाखाहरुमा मैतिदेवी, नारायणगाेपाल चाेक, चावहिल, ग्वार्काे, सिनामंगल रहेका छन् । यी शाखा खुल्ने समय भाेली ११ वजेदेखि १ वजेसम्म हुनेछ ।

प्रवक्ता शर्माले न्यूजदैनिकलाइ दिएकाे जानकारी अनुसार सिटिजन्स बैंकले उपत्यका लगायत विभिन्न जिल्लाहरुमा हरेक दिन २० देखि २२ वटा शाखा खाेलेर ग्राहककाे सुविधाका लागि सेवा प्रदान गरिरहेकाे छ ।

यससँगै क्यास क्लियरङ्ग, रेमिट्यान्सकाे सुविधा पनि ग्राहकले उपभाेग गरिरहेका छन् भने एलसी खाेल्ने काम पनि भइरहेकाे छ । यदि कुनै ग्राहकले समस्या परेर फाेन गरेकाे अवस्थामा बै‌कका कर्मचारीले फाेनका माध्यमबाट पनि र आवश्यक परे सिधै बै‌ंकमा बाेलाउने गरेकाे पनि शर्माले जानकारी दिइन् । शर्माले लकडाउनकाे अवस्थामा पनि सिटिजन्स बैंक ग्राहककाे सेवाका लागि सँधै तत्पर  रहेकाे वताइन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री