नेपाल बैंकले काेराेना राेकथाम गर्न केन्द्र र प्रदेश सरकारलाई १ कराेड ३५ लाख सहयाेग

काठमाडौं ।नेपाल बैंकले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरूलाई ३५ लाख रुपैयाँ सहयाेग गर्ने भएको छ ।

बैंकले प्रत्येक प्रदेशलाई ५/५ लाखका दरले ३५ लाख रूपैयाँ सहयोग गर्ने जनाएकाे छ ।

बैंकले प्रत्येक प्रदेशसँग हातेमालो गर्न र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  सो रकम सहयोग गर्ने निर्णय गरेको  जनाएको छ ।

बैंकले यसअघि संघीय सरकारले स्थापना गरेकाे काेराेना संक्रमण नियन्त्रण, राेकथाम तथा उपचार काेषमा १ कराेड रूपैयाँ सहयाेग गरेकाे थियाे । बैंकले संघीय सरकार र प्रदेश सरकार सबैलाई गरी १ कराेड ३५ लाख रूपैयाँ सहयाेग गरेकाे हाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री