सनराइज बैंकले गर्याे सैनिक स्वास्थ्य महानिर्देशनालयलाई पिपिई सहयोग

काठमाडौं । सनराइज बैंकले सैनिक स्वास्थ्य महानिर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ (Personal Protective Equipment )  हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) सैनिक स्वास्थ्य महा निर्देशनालयका महानिर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि नेपाल सैनिकले निभाएको भूमिकाको प्रशंसा गर्दै  अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री