नेपाल एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लियो

काठमाडौं । नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट गएको 9NJKU विमान अवतरणको क्रममा चिप्लिएको थियो ।

विमान चिप्लिएर धावनमार्गबाट बाहिर पुगेको थियो । तर, कुनै क्षति भने हुन पाएन । कोरोना रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री लिएर विमान काठमाडौंबाट नेपालगञ्ज गएको थियो । विमानमा दुई चिकित्सक सहित तीन जना चालक दलका सदस्य थिए ।

प्रहरी सह-प्रवक्ता एसएसपी उमेशराज जोशीले घटना भएको पुष्टि गरे । विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरेर ल्याउन गएको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री