ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण

ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ।

७१ वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्यावस्था राम्रो भएको एक प्रवक्ताले बताएका छन्।

उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भाइरस भएको देखिएन।

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका “कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव” नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ।

बिबिसीबाट 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस