कोरोना भाइरसबारे भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु (पास्टर) पक्राउ

काठमाडौँ । कोरोना भाइरससम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु (पास्टर) पक्राउ परेका छन् ।

जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर -२९मा बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले  पक्राउ गरेको छ ।

आचार्यले प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै आचार्यले भ्रम फैलाएका थिए ।

यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए ।

उनको प्रवचनको भिडियो भाइरलै भएको थियो । धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य