कोरोना भाइरसबारे भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु (पास्टर) पक्राउ

काठमाडौँ । कोरोना भाइरससम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु (पास्टर) पक्राउ परेका छन् ।

जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर -२९मा बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले  पक्राउ गरेको छ ।

आचार्यले प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै आचार्यले भ्रम फैलाएका थिए ।

यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए ।

उनको प्रवचनको भिडियो भाइरलै भएको थियो । धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले  जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस