सनराइज एनआरएन डिपोजिट खाता सञ्चालनमा

काठमाडौं । सनराइज बैंकले “सनराइज एनआरएन बचत खाता” संचालनमा ल्याएको छ ।

विदेशमा बस्ने गैर आवासीय नेपालीहरुलाई केन्द्रित गरी ल्याइएको यस खातामा गैर आवासीय नेपालीहरुले विदेशमा कमाएको पैसा सनराइज बैंकमा मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

दुई देखि पाँच वर्ष अवधिका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक चार प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ । विदेशमा पाइने ब्याजभन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस