राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सिन्धुलीको कमलामाई नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा २९औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको शुभारम्भ गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरे।

सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य