कोरोना असर : धमाधम उडान स्थगन गर्दै एयरलाइन्स

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण नेपालमा उडान गर्ने एयरलाइन्सहरुले धमाधम उडान कटौति गर्न थालेका छन् । विश्व स्वास्थ्य संगठनले माहामारीको रुपमा घोषणा गरेसँगै आवतजावतमा झनै कडाइ गरिएको छ ।

यसैको फलस्वरुप नेपालमा पनि उडान प्रभावित भएको छ । विमानस्थल कार्यालय तथा एयरलाइन्सहरुले दिएको जानकारीअनुसार नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । मान्छेको आवतजावत कडाइ भएसँगै स्वभाविक रुपमा एयरलाइन्सहरुले उडान कटौति गरेका छन् । कटौति हुने क्रम अझै जारी छ ।

काठमाडौं विमानस्थल कार्यालयका अनुसार दैनिक सरदर १२० अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा हिजोआज जम्मा ४६ उडान हुने गरेको छ । सुरुमा चिनियाँ एयरलाइन्सलेमात्र उडान कटौति गरेका थिए । गएको २–३ दिनदेखि भारत, खाडी, थाइल्यान्ड,हङकङ उडान गर्ने एयरलाइन्सले पनि उडान कटौतिको घोषणा गरेका छन् ।

नेपाल एयरलाइन्सले काठमाडौंबाट भारतको नयाँ दिल्ली दैनिक एक उडान कटौति गरेको छ भने मुम्बईमा हप्तामा एक उडान कटाएको छ । नेपाल एयरलाइन्सले बैंकक र हङकङ उडान पनि स्थगत गरेको छ । कतारको उडान भने यसअघि नै स्थगन गरिसकेको छ । त्यस्तै हिमालय एयरलाइन्सले पनि कतार उडान स्थगन गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री