एकैदिन तोलामै तीन हजारले घट्यो सुनको भाउ

काठमाडौं ।  सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन यसै हप्ता मंगलबार अहिलेसम्मकै उच्च  तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको हो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यहाँ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  चाँदी पनि आज तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस