नारी दिवसका अवसरमा एनआईसी एशियाले ल्यायो महिलालाई विशेष योजना

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गते नारी दिवसका दिन अर्थात फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १ सय जना महिलाहरूले सय प्रतिशत वा १० हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका महिला ग्राहक महानुभावहरूले एमओ-बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा क्युआर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो योजना लागू कम्पनीले बताएको छ ।

तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आमहिला ग्राहकलाई सम्मान गर्नुका साथै उनीहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विषेश छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच …

प्रतिकृया दिनुहॊस