ज्वरो आएकालाई बुद्ध एयरले घर फिर्ता गर्ने

ठमाडौं । बुद्ध एयरले १०० डिग्री भन्दा बढी तापक्रम भएका व्यक्तिलाई घर फिर्ता गर्ने भएको छ । आफ्नो जहाजमा यात्रा गर्ने यात्रुहरुको तापक्रम बढी देखिए घर फिर्ता गर्ने बुद्ध एयरले बताएको हो ।

आज विज्ञप्ति जारी गर्दै सुरक्षाको पहिलो कदम आर्फैबाट सुरु गर्नुपर्ने भन्दै चेक–इन काउण्टरमा विशेष यन्त्रसहित हरेक यात्रुको तापक्रम मापन गर्ने बुद्ध एयरले जनाएको छ । १०० डिग्री भन्दा बढी तापक्रम हुनेलाई घरफिर्ता र उपचारको लागि अनुरोध छ विज्ञप्तिीमा भनिएको छ ।

बढ्दै गएको कोरोना भाइरसको सक्रमण फैलन नदिन यस्तो निणर्य गरिएको जनाइएको छ । चीनको वुहानबाट फैलिएको कोराना भाइरसका कारण नेपाल अति नै जोखिममा रहेकाले हरेक क्षेत्रमा सतर्कता अपनाउन थालिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री