सङ्क्रमणको आशङ्कामा अस्पताल भर्ना भएका चार जनामा कोरोनाभाइरस देखिएन

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका उनीहरूमा कोरोनाभाइरस नदेखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए।

उनले भने, “परीक्षण गरिएका चारैजनाको रिपोर्टमा कोरोनाभाइरस देखिएन।” गत शनिवार र आइतवार अस्पतालमा भर्ना भएकामध्ये तीनजना दक्षिण कोरियाबाट र एकजना चीनबाट आएका थिए।

दक्षिण कोरियाबाट आएका थप एकजना पनि अस्पताल भर्ना भएका छन्। उनको परीक्षण भने जारी छ।कोरोनाभाइरस सङ्क्रमण सुरू हुँदा नेपालमा परीक्षणको व्यवस्था थिएन। हाल भने नेपालमै यसको परीक्षण हुने गरेको छ।

बीबीसीबाट

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

इलाम-२ को मतगणना ११ बजेपछि गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । इलाम-२ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आइतबार बिहान ११ बजेपछि …

प्रतिकृया दिनुहॊस