बन्दुक देखाएर १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । भारतको गुजरातमा बन्दुक देखाएर १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरिएको घट्ना सार्वजनिक भएको छ । राजकोट कोटन्डा साँगणी थानमा बस्ने एक युवतीलाई बन्दुक देखाएर कारमा लगेको र सामूहिक बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारअनुसार बलात्कार गर्नेहरु भारतीय जनता पार्टीका स्थानीय नेताहरु छन्। उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । पीडित १९ वर्षीया युवतीले भाजपाका पूर्वमहामन्त्री अमित पाडारियासहित तीन जनाले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् । ती युवतीको आरोपको आधारमा अमित पाडारिया, शान्ति पाडारिया र विपुल सेखन्डालाई प्रहरीले पक्राउ गरेको छ ।

राजकोटका एसपी बलराम मीणाले ती युवतीको मेडकल परीक्षणमा दुष्कर्म भएको पुष्टि भएको बताए। स्थानीयका अनुसार अमितले ती युवतीलाई यसअघि देखि नै धम्काउँदै आएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस