अरुणिमा मा.वि.ले साँस्कृतिक कार्यक्रमसहित अभिभावक दिवस मनायो

काठमाडौंँ ।अरुणिमा मा.वि. बौद्धले २०७६ सालको अभिभावक दिवस अभिभावक विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित विद्यालय प्राङ्गणमा भव्य रूपमा सम्पन्न ग¥यो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामाm सञ्चालित कार्यक्रम शिक्षाविद् विश्वनाथ अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका संस्थापक अध्यक्ष बुद्धि बहादुर थापाले विद्यार्थीहरू, अभिभावक, शिक्षक कर्मचारी तथा विद्यालयको समग्र विकासका लागि कामना गर्दै उपस्थित व्यक्तित्वहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले कक्षागत रुपमा नृत्य, गायन तथा वाद्यवादन, नाटक, सांस्कृतिक फेशन सो, योगाशन, पि.टी., तेक्वान्दो आदि सम्बन्धी विविध प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा विद्यालयका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यालय काठमाडौंँ महानगरपालिकाबाट उत्कृष्ट विद्यालयका रुपमा रु ५० हजार नगद पुरस्कारसहित पुरस्कृत भएको, ब्रिटिस काउन्सिलबाट International School Award (2019-2022) प्राप्त गरेको, South Asian Yoga Sports Championship मा स्वर्ण तथा रजत पदक प्राप्त गर्न सफल भएको जस्ता उपलब्धिहरूका बारेमा प्रकाश पारे ।
साथै उनले अरुणिमा शैक्षिक प्रतिष्ठानमा सञ्चालित लक्ष्मी चालिसे—अरुणिमा छात्रवृत्ति कोष, अरुणिमा—अग्निशिखा छात्रवृत्ति कोष, शैलेन्द्रसिंह—अरुणिमा पुस्तकालय आदिकाबारेमा समेत जानकारी गराएका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष किरण ढकालले अरुणिमा मा.वि.ले विशिष्ट पहिचान बनाउनुमा शिक्षक कर्मचारीको अथक मेहनत रहेको कुरा उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि विश्वनाथ अर्यालले शिक्षाका विभिन्न पाटाहरूको उल्लेख गर्दै अरुणिमा राष्ट्रकै गौरव गर्न लायकको शैक्षिक संस्था भएको कुरा बताए ।

कार्यक्रमका अध्यक्ष भीमानन्द ढुङ्गानाले अभिभावक दिवसमा प्रस्तुत भएका प्रस्तुतिहरूका बारेमा चर्चा गर्दै पैतीस वर्षको यात्रामा चौतारीमा बसेर मैदान, फाँट, शिखर, डाँडा पाखा सबै हेर्न सक्ने क्षमता भएको अरुणिमा विद्यालय देशभरमै उत्कृष्ट विद्यालयका रुपमा स्थापित हुन सकेको कुरा जानकारी गराए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस