काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीवार छापावाल सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवारको तुलनामा बिहीवार सुनको मूल्यमा २ सय रुपैयाँको वृद्धि भएको छ । बुधवार छापावाल सुन प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार तेजावी सुन प्रतितोला ७९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहॊस