काठमाडौं उपत्यकामा सवारी दुर्घटना ३ जनाको मृत्यु

काठमाडौं । ललितपुर र भक्तपुरमा भएका छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ललितपुरको बालकुमारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राई रहेको प्रहरीले जनाएको छ । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल सडकको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनाका गम्भिर घाइते भएका दुबैको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै भक्तपुर नगरपालिका–९, च्यामासिंहमा आइतबार साँझ ट्रकको ठक्करबाट एक  बालकको मृत्यु भएको छ ।

बा ३ क ३५८८ नम्बरको ट्रकको ठक्करबाट घाइते भक्तपुर नगरपालिका–१०, कमलविनायकका ११ वर्षीय तिलक मकाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस