Samsung प्रयोगकर्ताहरूले अब नयाँ Samsung स्मार्टफोनकोे लागि आफ्ना पुरानो Samsung स्मार्टफोनहरू Exchange गर्न सक्नेछन् । Samsung मोबाईलका लागि आधिकारिक विक्रेता, IMS ले आफ्ना अधिकांश IMS SMart शोरूमहरूमा Samsung Exchange सुविधा ल्याएको छ । ग्राहकहरुले अब आफ्ना पुराना Samsung स्मार्टफोनहरुमा राम्रो मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । साथै यस सुविधा मार्फत Samsung स्मार्टफोन Exchange गर्न सक्ने कम्पनीले जानकारी गराएकाे छ ।
इच्छुक ग्राहकहरूले केवल IMS SMart आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनुपर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन Web पोर्टल मार्फत दिनेछ साथै Exchange फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो Samsung स्मार्टफोनको सट्टामा नयाँ Samsung स्मार्टफोन छनौट गर्न सक्ने पनि कम्पनीकाे जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ । यसैगरी ग्राहकहरुकाे सुविधालाइ ध्यानमा राखी कम्पनीले
भर्खरै निम्न IMS SMart शोरूमहरूमा Exchange सुविधा उपलब्ध गराइएको छ ।
१. न्यूरोड, पाको, काठमाडौं
२. रोयल सिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं
३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
४. अल्का अस्पताल नजिक, जावलाखेल, ललितपुर
५. शेर्पामल, दरवारमार्ग, काठमाडौं
६. पिपल बोट चोकको नजिक, बौद्ध, काठमाडौं
कम्पनीका अध्यक्ष ” दिपक मलहोत्राले क्रमशः निकट भविष्यमा अन्य स्थानहरूमा पनि सुविधा विस्तार गर्ने वताएका छन् । उनले “हाम्रो लक्ष्य सँधै हाम्रा मूल्यवान ग्राहकहरूलाई उहाँहरूका अनुरोध र सुझावहरू ध्यान दिएर सुनेर उत्तम ग्राहक अनुभव प्रदान गर्नु हो । एउटा प्रमुख अनुरोध भनेको Exchange सुविधा प्रदान गर्नु हो जसको कारणले हामीले यस सुविधा यो नयाँ वर्ष २०२० मा सुरु गर्ने निर्णय ग¥यौं, उनले भने ।




