नयाँ फिल्ममा एयरफोर्सको पाइलट बन्दै कंगना

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनोटको नयाँ फिल्म ‘तेजस’को फस्ट लुक सार्वजनिक भएको छ। हालसालै प्रदर्शनमा आएको कंगना अभिनित पंगाले बक्स अफिसमा खासै जदु नगरेपनि तेजसले कंगनाको करियरलाई माथि लैजाने बलिउड समीक्षकहरुले बताएका छन्।

फिल्ममा कंगनाले भारतीय सेनाको पाइलटको भूमिकामा देखिनेछिन्। उनले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै फिल्मलाई बहादुर सेनाहरुप्रति समर्पित गरेकी छन्। ‘भारतीय सेनाका सबै बहादुर महिला-पुरुषको लागि यो फिल्म समर्पित गर्न चाहन्छु। जसले दिनरात नभनी देशको सुरक्षामा खटिन्छन्।’

फिल्मलाई सर्वेश मेवाडाले निर्देशन गरेका छन्। कंगला यतिबेला तमिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक थलाइवीको सुटिङमा व्यस्त छिन्।  थलाइवीको सुटिङ सकेर बल्ल उनी तेजसको सुटिङमा लाग्ने बताइएको छ।

उनले तेजस फिल्ममार्फत् आफ्नो बाल्यकालको इच्छा पूरा हुने बताइन्। ‘म सधैं सेनाको भूमिकामा पर्दामा देखिन चाहन्थे। यो मेरो बच्चैदेखिको सौख हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री