च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडसँग हार्यो लिभरपुल

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगका अन्तिम १६ का खेलहरु शुरु भएका छन् । अन्तिम १६ का पहिलो लिगको खेलमा प्रिमियर लिग क्लब लिभरपुल स्पेनिस क्लब एटलेटिको म्याड्रिडसँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिकोले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जितमा खेलको चौथो मिनेटमा साउल निगुएजले गोल गर्दै एटलेटिकोलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलमा त्यसपछि कुनै गोल भएन र साउलको गोल नै खेलको निर्णायक गोल बन्न पुगेको थियो ।

एटलेटिकोको घरेलु मैदान पहिलो लिगको सम्पन्न भएपछि अब लिगको दोस्रो लिग लिभरपुलको घरेलु मैदानमा मार्च ११ मा हुने छ । एटलेटिकोले यस अघि २००९/१० सिजनमा लिभरपुललाई युरोपा लिगबाट बाहिर पठाएको थियो भने अहिले च्याम्पियन्स लिगमा पनि सोहि इतिहास दोहोरिने बाटोमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री