काठमाडौं । बजारमा मंगलवार सुनको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार ७ सय रुपैयाँमका काराेबार भएको हो ।
यसअघि गत पुस २३ गते सुन बजारमा ७६ हजार ५ सय रुपैयाँमा काराेबार भएर त्यसअघिको रेकर्ड तोडेको थियो । मंगलवार सुनले यसअघिका सबै रेकर्ड तोड्दै नयाँ कीर्तिमान कायम गरेको हो । कारोबार दैनिकमा खबर छ ।
तपाईंको प्रतिकृया




