शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौँ । शिक्षा पत्रकार समूहको दशौँ अधिवेशन तथा बीसौं वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभामा तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष बाहेक अरु पदका लागि सर्वसहमति भएपनि अध्यक्ष पदका लागि निर्वाचन भएको थियो । अध्यक्षका लागि तुला अधिकारी र शेषकान्त पण्डितवीच भएको निर्वाचनमा कार्यसमिति अध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् । राती १० बजे भएको निर्वाचनमा अधिकारीले २२ र पण्डितले ६ मत प्राप्त गरेका थिए । विगत दुई दशकदेखि छापा तथा रेडियो पत्रकारितामा सक्रिय अधिकारी हाल नेपालगंजस्थित कृष्णसार एफ.एमको स्टेशन प्रमुखको रुपमा कार्यरत छन् ।

उक्त समूहको उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा निर्वाचित भएका छन् । अधिवेशनले सदस्यहरुमा एजुकेशनपाटी डटकमका सम्पादक रोशन क्षेत्री गाउँले, कारोवार दैनिकमा कार्यरत गोपाल संग्रौला र उज्यालो रेडियो नेटवर्कमा कार्यरत विष्णु विवेक विश्वकर्मा निर्वाचित गरेको छ । इमेज टेलिभिजनमा कार्यरत प्रज्ञा तिमल्सिना, रेडियो नेपालमा कार्यरत यशोदा अधिकारी, वाचडग मिडियामा कार्यरत ओमप्रकाश घिमिरे, प्राइम टेलिभिजनका जनक पण्डित र नुवागी मासिकमा कार्यरत सविना बानिया सदस्यमा निर्वाचित भएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री