महाशिवरात्रिमा सानिमाको ‘डिजिटल प्रसाद’

काठमाडौं । सानिमा बैंकले महाशिवरात्रिको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै तीन दिनका लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यो योजनाअन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनेछन् ।

साथै, यो योजनामा महिला ग्राहकले रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन् । यस योजना फागुन ७ देखि ११ सम्मका लागि लागु गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री