कोरोना भाइरसः मृतकको संख्या १७ सय

काठमाडाै । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ । त्यसैगरी, चीन बाहिर अन्य मुलुकमा कोरोनाको संक्रमण बाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको जनाएको छ ।

वुहानमा  सोमबार १९ सय ३३ जना नयाँ संक्रमित देखिएका छन । अहिलेसम्म हुवेई प्रान्तमा मात्रै ५८ हजार १ सय ८२ जना संक्रमित भएको चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

संक्रमित हुनेको संख्या बढ्दै गएपछि चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ। त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्‌कालीन अवस्थामा मात्र बाहिर निस्कन दिइनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री