काठमाडौं । गायिका तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्राण्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । काठमाडौंको होटल ¥याडिशनमा उनले कम्पनीसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै यसमा आवद्ध भएकी हुन् ।
उनलाई सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडीआरटीका विजेता अभिकर्ताहरू सहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकहरुले स्वागत गरेका थिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँ दिशामा अघि बढाउने बताए । उनले भने, “जोशी र हामी सबै मिलेर नयाँ अवसरको खोजी र चुनौतीको सामना गर्दै सबै उमेर, समूह र क्षेत्रका मानिसको बीमा गराउन सक्छौं भन्ने मलाई लाग्छ ।”
तपाईंको प्रतिकृया



