कुमारी बैंकद्वारा फूड फर लाईफ नेपाललाई सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फूड फर लाईफ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई सहयोग पुर्याएको छ ।

उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको प्रावधान पुर्याउँदै आएको छ । उक्त संस्थाको सराहनीय प्रयत्नलाई प्रोत्साहन स्वरूप बैंकले पाँच लाखको सहयोग पुर्याएको छ । पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्नेे उद्देश्यले बैंकले सो सहयोग पुर्याएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फूड फर लाईफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोह माझ उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस