सिन्धुपाल्चोकमा कोरोनाको आशंका, ८४ जना बिरामी परेपछि गाउँपालिकाले लेख्यो मन्त्रालयलाई पत्र

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा रुघाखोकीका बिरामी बढ्न थालेपछि कोरोनाको आशंकामा स्थानीय त्रसित बनेका छन् । कोरोनाको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरो आउने ८४ जना भन्दा बढी बिरामी गाउँमा भेटिएका छन् । गाउँमा बिरामीहरु बढ्न थालेपछि गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सम्बोधन गर्दै पत्राचार समेत गरेको छ । मंगलबार गाउँपालिकाले ‘अत्यन्त जरुरी’ भन्दै आवश्यक सहयोगका लागि पत्र लेखेको हो ।

पत्रमा लेखिएको छ– सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपािलका वडा नं. ३ साविक गुम्बा गाविसक वडा नं. ८ गुम्बा वस्तीमा २०७६/१०/२७ गतेदेखि हालसम्मम विश्वमा फैरिहेको नोबेल कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, कोखी र अत्याधिक ज्वरो जस्ता लक्षणका बिरामीहरु देखा परेको हुँदा सो को परीक्षणका लागि विशेष टोली खटाइ दिन अनुरोध गर्दछौं ।’

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले कोरोनाको आशंका गरिए पनि उनीहरुलाई रुघाखोकी मात्र लागेको हुन सक्ने बताए । कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चीनसँग आउजाउ नभएकोले कोरोना नै हो भन्ने आधार नरहेको उनले प्रष्ट्याए । संक्रमण देखिएकाहरुलाई अरु व्यक्तिसँग सम्पर्कमा नआउन र छुट्टै बस्न अनुरोध गरिएको छ ।

गत विहीबारबाट यस्तो लक्षण देखिन थालेपछि बिरामी हुनेको संख्या ८४ पुगेको गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताए । बिरामीको अवस्था भने सामान्य रहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोधसहित पत्र पठाएको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस