अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि नेपाल लाइफको स्किल डेभलपमेन्ट एण्ड मोटिभेसन कार्यक्रम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एण्ड मोटिभेसन कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताए । सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बिमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आ.व.मा दोब्बर गर्ने लक्ष्य राखेको बताए ।

सीईओ झाले बिमा गराउनुभन्दा पहिले बिमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बिमाको आवश्यकता महसुस गराएर मात्र बिमा गराउन सुझाव दिए । उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताए ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कम्पनीलाई यो अवस्थासम्म ल्याइपु¥याउने श्रेय सम्पूर्ण अभिकर्ताहरुको रहेको बताउँदै सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद दिए । सम्पूर्ण अभिकर्ताहरुले आम नागरिकलाई बिमाका बारेमा बुझाएर मात्र बिमा गराउन उनको सुझाव थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस