आईसीसी विश्वकप लिग २ छनाेट : ओमानविरुद्ध हारकाे बदला लिने दाउमा नेपाल

काठमाडौं । जारी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपालले ओमनको सामना गर्नेछ । श्रृंखलाको पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको नेपाल आज हारको बदला लिने अभियानमा हुनेछ । खेल बिहान साँढे ९ बजे टियू मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

यसअघि हिजोको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । युवा अलराउण्डर कुशल मल्लले एक दिवशीय डेब्युमा कीर्तिमानी अर्धशतक प्रहार गरेको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो । जितपछि नेपालले ७ टिम सम्मिलित विश्वकप क्रिकेट लिग दुईमा अंकको खाता खोलेको छ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको यो पहिलो जित हो ।

नेपालले जितपछि २ अंक जोडेको छ । विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले पनि अर्धशतक बनाएपछि नेपालले ५० ओभरमा १ सय ९० रन बनाएको थियो ।कुशल एक दिवसिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तमान तोडेका हुन् ।

नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा अमेरिकाले ४४ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन मात्रै बनायो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस