काठमाडौं । एनएमबी बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघ बीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेपाल हाते कागज उद्यमी संघका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका तर्फबाट अध्यक्ष बुद्धि पुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासंघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका छन् ।
बैंकले साना तथा मझौला कर्जा, कृषि कर्जा, जलश्रोत कर्जा, उद्यमशिल विकास प्रवद्र्घन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिदैं आएको बताएको छ । यहि प्रयासको निरन्तरता स्वरुप यी संगठन बीच समझदारी भएको जानकारी प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले गराए ।



