सिटिजन बैंकको ‘सिटिजन्स स्मार्ट बचतखाता’ संचालन

काठमाडौं । सिटिजन्स बैंकले ‘सिटिजन्स स्मार्ट बचत खाता’ संचालन गरेको छ । यो योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले खाता बैंकको कुनैपनि शाखामार्फत शुन्य मौज्दातमा खोल्न पाउने भएका छन् ।

निःशूल्क अन्तर शाखा कारोबार (एबिबिएस) अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडी सेक्युअर प्रविधिमा ग्राहकाई निःशूल्क दर्ता तथा निःशूल्क डिम्याट खाता खोल्न पाउने सुविधा छ ।  ग्राहकहरूले डेबिट कार्ड, ई-बैकिङ र मोबाइल बैकिङमा प्रत्येक बर्षको वार्षिक शूल्कमा ५० प्रतिशत छुट पाउँनेछन् ।

यस खाताबाहकहरुले जुनसुकै एटिएमबाट पैसा निकाल्दा शूल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ। यस निक्षेप योजनाबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुमा ‘एभरेष्ट बैंक’ को चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा …

प्रतिकृया दिनुहॊस