दाेस्राे हाफमा चार गाेल, शीर्ष स्थानकाे लिभरपुललाई २२ अङ्ककाे अग्रता

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले आफ्नो अग्रतालाई झन् फराकिलो बनाएको छ । शनिबार भएकाे खेलमा साउथह्याम्टनलाई चार–शून्य गाेल अन्तरले हराउँदै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अग्रता २२ अङ्कमा पुर्‍याएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले जित निकालेसँगै उसको उपाधि यात्रा झन् बलियो बनेको छ । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा लिभरपुलले चार गोल गर्‍याे । खेलको ४७औँ मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि ६०औँ मिनेटमा जाेर्डन हेन्डरसनको गोलमा लिभरपुलले खेलमा दुई–शून्यकाे अग्रता बनायाे ।

त्यस्तै खेलकाे ७१औँ र ९० मिनेटमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले चार शून्यकाे फराकिलाे जित निकाल्याे । यो जितपछि लिभरपुलले २५ खेलमा ७३ अङ्क बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अङ्क छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप