अजयको फिल्म ‘मैदान’को दुई पोष्टर सार्वजनिक, फुटबल कोचको भुमिका निभाउदै

काठमाडौं । बलिउड अभिनेता अजय देवगन फिल्म ुतान्हाजीु लाई लिएर धेरै नै चर्चामा छन् । उनको फिल्म ‘तन्हाजी’ले बलिउडमा धमाका मच्चाएपछि उनको माग पनि अहिले बढेको छ ।  अहिले उनलाई फिल्मको अफरहरु आइरहेका छन् । उनी एकपछि अर्को फिल्ममा जोडिदैछन् । यसैक्रममा हालै उनको नयाँ फिल्म मैदानको दुई वटा पोष्टर सार्वजनिक भएको छ ।

पोष्टरमा उनले फरक अवतारमा देखिएका छन् । पोष्टरमा उनको हातमा ब्याग र छाता छ भने उनले खुट्टाले बललाई हिर्काएका छन् । भारतिय मिडियाका अनुसार फिल्म ‘मैदान’ मा उनी फुटबल कोचको भुमिका निभाउदैछन् ।

यो फिल्म सन् २०२० नोबेम्बर २७ मा रिलिज हुनेछ भने यसलाई अमित रविंदरनाथ शर्माले निर्देशन गर्दैछन् । फिल्मलाई बोनी कपूर, आकाश चावला र अरुणावा जोय सेनगुप्ताले निर्माण गर्दैछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस