राष्ट्रपति र उपराष्ट्रपतिले गरे वसन्त श्रवण

काठमाडौं । श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज हनुमानढोका दरबारमा वसन्त श्रवण गरेकी छिन् । हनुमानढोका दरबारको नासल चोकमा पुगेर राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन अनुसार राष्ट्रपति भण्डारी त्यहाँ पगेकी हुन् । आज बिहान ९ बजेर ५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।

बसन्त श्रवणको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराउँछ । विगतमा राष्ट्राध्यक्षको हैसियतमा राजाहरुले वसन्त श्रवण गर्ने चलन रहे पनि गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने थालिएको हो । वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन समेत सभागी चएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री