कामना सेवाको डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा

काठमाडौं ।  कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै यही माघ १४ गतेदेखि लागू हुनेगरी डबल डिपोजिट मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।

डबल डिपोजिट मुद्दतीखाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन । यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम रु १ लाख हुनुपर्नेछ ।

यसैगरी बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने हुंदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री