पर्यटन बोर्डको सिइओमा डा.धनन्जय रेग्मी

काठमाडौं । नेपाल पर्यटन बोर्डको  प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले रेग्मीलाई बोर्डको सिइओमा नियुक्त गरेको हो ।

निवर्तमान दिपकराज जोशीको कार्याकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा. धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो ।

छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो। उनीहरुको प्रस्तुतीको आधारमा गतहप्ता तीन जनाको नाम संचालक समितिमा पठाएको थियो । बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर थिए । सबैलाई उछिन्दै रेग्मी बोर्डको सिइओ नियुक्त भएका हुन् ।

बोर्डको सिइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सम्मितलित उपसिमित बनाइएको थियो । समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सिइओ नियुक्त गर्ने व्यवस्था छ । बोर्डको सिइओको कार्यकाल चार वर्षको हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस