रुपन्देहीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

भैरहवा । रुपन्देहीमा आज विहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भैरहवा–भुमही सडक खण्डमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । रुपन्देहीको रोहिणी गाँउपालिका ४ मा ३ वटा ट्रक एक आपसमा ठोक्किंदा ३ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा ९ जना घाइते भएका छन्।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । सडकमा कुहिरो लागेका कारण ती ट्रकहरु आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि भैरहवामा रहेको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after