गण्डकी विकास बैंकद्धारा शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण

काठमाडौं । गण्डकी विकाश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नवलपरासी जिल्लाको कावासोती न.पा. वडा नं १३ बुढौली कुनामा स्थित श्री कालीका प्राथमिक बिद्यालयमा अध्ययनरत करिब १२५ जना छात्र छात्राहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा एक समारोहकाबीच वितरण गरेको छ ।

कार्यक्रमबाट स्थानिय विद्यालयमा अध्ययनरत करिब १२५ जना निम्न बर्गका छात्र छात्रा प्रत्यक्ष रुपमा लाभन्वित भएका थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथि कावासोती न.पा वडा नं १३ का वडा अध्यक्ष बिनोद राना मगर  र  बैंकका सञ्चालक पद्य प्रसाद पौडेलले संयुक्त रुपमा उक्त विद्यालयका छात्र छात्राहरुलाई स्वीटर, झोला एवं स्टेसनरी सामाग्रीहरु वितरण गरेका थिए ।

बैकको कावासोती शाखा कार्यालय संचालनको दशौ बर्ष पूरा भई एघारौ बर्ष प्रबेश गरेको सु–अवसरमा उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षीका, विद्यार्थी, अभिभावक एवं स्थानियहरुको उपस्थिती रहेको रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस