चीनबाट धमाधम फर्किन थाले नेपाली विद्यार्थी

काठमाडाैं । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाली विद्यार्थी स्वदेश फर्कने हतारोमा देखिएका छन् । चीनमा सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी भाइरस आतंकले डराइरहेका छन् ।

उनीहरूले बेइजिङस्थित नेपाली दूतावाससमक्ष आफूहरु सकेसम्म चाँडो नेपाल फर्कन चाहेको धारणा राखेका छन् । ‘हामीहरू अहिलेसम्म स्वस्थ छौं, जतिसक्दो छिटो स्वदेश फर्कन चहान्छौ’ नेपाली विद्यार्थीले भनेका छन् । उनीहरुले सकेसम्म छिटो स्वदेश फर्कने व्यवस्था मिलाइदिने दूतावास समक्ष आग्रह गरेका छन् ।

भाइरस सङ्क्रमित भइन्छ भन्ने र तनाबमा नेपाली विद्यार्थी छन् । सबैभन्दा प्रभावित शहर ऊहानसँगै हुपै प्रान्तभित्रका अरू शहरमा सबै किसिमका यातायात निषेध गरिएको छ । जल, हवाइ तथा लामो दूरीका यातायातलाई पूर्ण रूपमा रोक लगाइएको अवस्थामा विद्यार्थीलाई तुरून्तै नेपाल फर्काउन कठिन रहेको नेपाली दूतावास अधिकारी बताउछन् । अन्नपूर्ण पोस्ट दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री